Public Pana
एसिया कपको तयारी नेपालले श्रीलंकामा गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कपको तयारी श्रीलंकामा गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार नेपालले श्रीलंकामा १५ दिनको स्पेशल हाइ–पर्फरमेन्स क्याम्प संचालन गर्ने भएको छ ।

१५ दिने तयारीको समयमा नेपालले श्रीलंकाको विभिन्न टिमसँग चारवटा अभ्यास खेल समेत खेल्ने छ ।
यसका लागि श्रीलंका क्रिकेटले नेपाललाई सहयोग गर्ने क्यानले जनाएको छ ।

पाकिस्तान र श्रीलंकामा अगस्ट ३० तारिखबाट सुरु हुने एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा आयोजक पाकिस्तान र भारत पनि रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेल पाकिस्तानसँग अगस्ट ३० मा पाकिस्तानको मुल्तानमा खेल्नेछ ।
नेपालले दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डीमा खेल्ने तालिका रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update