Public Pana
बाघको छालासहित कैलालीबाट २ जना पक्राउ

बाघको छालासहित कैलालीको अत्तरियाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय माला खेती, कैलालीको संयुक्त टोलीले अत्तरिया रिङ रोडबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार–२ घर भएका ६५ वर्षीय देवसिंह विष्ट र बैतडीकै पाटन८ बस्ने ३० वर्षका हर्कबहादुर विष्ट छन् । 

उनीहरूको साथबाट पुच्छरसहितको लम्बाई ६ फिट ११ इन्च तथा चौडाइ २ फिट ४ इन्च को एउटा र लम्बाई ७ फिट ३ इन्च,चौडाइ २ फिट भएको अर्को गरी २ ओटा बाघको छाला बरामद गरिएको छ । 

tiger- chala-ok1689912493.jpg

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरूको साथमा बाघको छाला भेटिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update