Public Pana
शेयर बजारमा दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको चौथो दिन बुधबार  सामान्य अंकले बढेको छ । आज नेप्से १२.८१ अंकले घटेर एक हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज नेप्सेमा ६४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५१ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये २३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८८८.८० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २३५.६० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update