Public Pana
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, महाधिवेशन माघमा

नेकपा एकीकृत समाजवादीको एक सातादेखि जारी बैठक आज शुक्रबार पनि बस्दै छ । बैठक बिहान ११ बजे कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बस्ने छ ।
हिजो बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
आजको बैठकले महाधिवेशन, पार्टीको आगामी कार्यदिशा, केही रिक्त पदको पूर्ति र जिम्मेवारी हेरफेरको निर्णय गर्ने बताइएको छ। एकीकृत समाजवादीमा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज रिक्त रहेको छ ।

बिहीबार राजनीतिक विषयवस्तुमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।

२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।
गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको मर्म र भावना आत्मसात हुन नसकेको धेरै सदस्यको बुझाइ रहेको पाण्डेको भनाइ थियो।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update