Public Pana
दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङको तुलसीपुर नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

गएराति साढे बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update