Public Pana
सुन तस्करीमा थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी

त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको १ क्वीन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी लिएको छ । 

आज बिहीबार उच्च अदालत पाटनबाट थप व्यक्ति पक्राउ गर्नका लागि जरुरी पक्राउ पुर्जी जारी भएको राजस्व अनुसन्धान विभाग स्रोतले नेपालखबरलाई जानकारी दियो । 

यसअघि यो प्रकरणमा ६ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि उच्च अदालत पाटनले अनुमति दिइसकेको छ । 

हिजो बुधबार बिहान विमानस्थल परिसरबाट ट्याक्सीमा बाहिर लैजाँदैगर्दा एक सय किलो सुन पक्राउ परेको थियो । 

पक्राउ परेको सुन बिहीबार नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा लगी जोखिएको छ ।

उक्त सुन जोख्दा १५५ केजी रहेको अनुसन्धान विभागले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update