Public Pana
सुन तस्करी प्रकरण : विमानस्थलबाट चिनियाँ नागरिकसहित दुईजना पक्राउ

हिजो बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update