Public Pana
लागूपदार्थ सेवन गरेको पाइएपछि दुई जना पक्राउ

पश्चिम नवलपरासी प्रहरीले लागूपदार्थ सेवन गरे/नगरेको परीक्षण गर्ने किटको प्रयोग गरेर दुई जनालाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरे/नगरेको परीक्षणका लागि 'ब्रेथलाइजर' प्रयोग गरेजस्तै अहिले प्रहरीले जिल्लामा लागूपदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन लागूऔषध किटद्वारा पिसाब परीक्षण गर्ने गरेको छ ।

सोहीअनुसार जिल्लाको रामग्राम नगरपालिका-५ वाइपासबाट २ जना, रुपन्देही तिलोत्ततमा नगरपालिका ४ का समित मास्के र अनिल दर्जीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जनाए ।

लु १६ प १६०८ नम्बरको स्कुटरमा सवार युवालाई शंका लागेर लापसे जाँच गर्दा पोजेटिभ भेटिएको र उनीहरुको साथबाट ८ मिलिग्राम ब्राउन सुगर बरामद भएको सूचना अधिकारी पाण्डेले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update