Public Pana
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको ७ बुँदे निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।

आयोगले लाभको पदमा रहेका व्यक्तिहरूलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नगर्न, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी सङ्ख्याको जुलुस लिई नहिँड्न समेत भनेको छ ।

त्यस्तै, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको जनाउँदै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढङ्गले सम्पादन गर्नका लागि भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न लिखित सात बुँदे निर्देशन दिएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update