Public Pana
बरामद १ सय ५५ केजी : अझै एक सय केजी सुन विमानस्थलभित्रै ?

त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका गरिएको छ ।

उक्त आशंकासँगै राजस्व अनुसन्धान विभागले अहिले पनि विमानस्थलमा विशेष अप्रेशन गरिरहेको छ ।
राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो भवनबाट बाहिरिने गेटमा हिजो बुधवार एक सय किलो सुन समातिएको भोलिपल्ट आज बिहिबार थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ ।

विभागले हिजो बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो ।
अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ ।

विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना अहिले विमानस्थल परिसरमा पुगेका छन् । विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थानसमेत खानतलासी गरिसकेको छ ।

अपरेसन गर्दा फेला नपरेको भन्सार विभागले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update