Public Pana
कुमारी बैंकको ५३ हजार ८१९ कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५३ हजार ८१९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज बिहीबारबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको शेयर  संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

शेयर  भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update