Public Pana
शेयर बजार सामान्य अंकले घट्यो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबारबार मापक नेप्से परिसुचक झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक १.३१ विन्दुले घटेर २१६३.९२ विन्दुमा अडिएको छ ।

२ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको  शेयर  कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहमा विशेष उत्साह देखिएको छ । 

मौद्रिक नीति आउने दिन नजिकिंदै गर्दा आम लगानीकर्तामा अलिकति कौतुहलता पनि बढेको देखिन्छ । नीति कस्तो आउँछ ?  शेयर  बजारलाई कसरी सम्बोधन गर्ला अनि लगानी बढाउन र ब्याजदर घटाउन कस्ता टुल्सहरु आउलान् भन्ने मुख्य चासो रहेको छ ।

कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार २६४ कम्पनीको ८४ लाख २४ हजारभन्दा बढी कित्ता  शेयर कारोबार भएको छ । १४ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update