Public Pana
महिला विश्वकप फुटबलमा नर्वेमाथि आयोजक न्यूजिल्याण्डको विजयी 

अस्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त रुपमा आयोजना भइरहेको महिला विश्वकप फुटबलमा आयोजक न्यूजील्याण्डले विजयी सुरुवात गरेको छ ।

न्यूजिल्याण्ड र नर्वेबीच भएको उद्घाटन खेलमा न्यूजिल्याण्ड १–० गोलले विजयी भएको हो ।
हन्ना विल्किन्सनले ४८ औँ मिनेटमा गोल गर्दै न्यूजिल्याण्डलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । जुन यो महिला विश्व कप २०२३ को पहिलो गोल थियो ।

महिला विश्वकपमा प्रतियोगिताको इतिहासमा न्यूजिल्याण्डको यो पहिलो जित हो । यसअघि भएको १५ खेलमा न्यूजिल्याण्डले कुनै जित निकाल्न सकेको थिएन ।

समूह ए मा रहेको न्यूजिल्याण्डले अंक तालिकामा ३ अंक जोडेको छ । नवौँ संस्करणको यो महिला विश्वकप आगामी अगष्ट २० सम्म हुनेछ । 

यस्तै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार ३ः४५ बजेबाट  हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update