Public Pana
बरामद सुन टक्सार महाशाखामा लगियो : १ सय ५५ केजी सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद गरिएको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको छ ।

बरामद सुनको परिमाण यकिन गर्न राजश्व अनुसन्धान विभागले टक्सार महाशाखामा लगेको हो ।
सुन करिब एक सय किलो भएको अनुमान गरिए पनि वास्तविक परिमाण यकिन भइनसकेकाले जोख्नका लागि टक्सार

महाशाखामा लगिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मीसहित सुन टक्सार लगिएको हो ।

उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १ सय ५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

31689846282.jpg

21689846263.jpg

11689846247.jpg

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update