Public Pana
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

पछिल्लो पटक कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न अनुमति दिइए पनि मङ्गलबार अदालत बिदा भएकोले सन्दीपलाई बुधबार (आज) अदालत पेस गरिएको हो । 

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई प्रहरीले असोज २० गते अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । सन्दीपलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update