Public Pana
सुन ल्याउने गिरोह जोगाउन आफ्नो नाम जोडेको मलहोत्रको प्रष्टिकरण

व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको एक क्वीन्टल सुनमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।

आज बिहिबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई जोडेर प्रकाशित समाचारप्रति आपक्ति जनाए ।
आफूले २०५५-५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको मलहोत्राले बताए ।

TIA-bhansar-office1689845418.jpg

मलहोत्राले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनले दाबी गरे ।
मलहोत्राले भने, “मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।”

समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको मलहोत्राको गुनासो छ ।

अहिलेको प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार रहेको उनको भनाइ थियो ।
‘म यो खालको धन्दामा कहिल्यै छैन । मलाई अहिलेसम्म प्रहरी प्रशासनबाट सोधपुछ पनि भएको छैन । तर, साढे ६ बजेबाट साथीभाइको फोन आइरहेको छ । दुई–तीन सय फोन रिसिभ गरिसकेँ,’ मलहोत्राले भने ।

उनले थपे, ‘जुन गिरोहले यो सामान ल्याएको छ, उनीहरुलाई बचाउन मप्रति लक्षित गरिएको भन्ने बुझेको छु ।’
प्रधानमन्त्री र शीर्ष नेताहरूसँगको तस्बिरबारे पनि उनले प्रष्टीकरण दिए ।

‘म नेपाल चेम्बर अफ कमर्सको भाइस प्रसिडेन्ट पनि हुँ । मैले व्यापारिको समस्या लिएर नेताहरुकहाँ जानुपर्छ । त्यही क्रममा खिचिएका फोटा होलान्, त्यो ठूलो कुरा होइन,’ उनले भने ।

मलहोत्राले भन्सार कर्मचारीहरु पनि कसैलाई नचिन्ने बताए ।

‘म २५ वर्ष भयो भन्सारमा नगएको । मैले आयात गर्ने भनेको मोबाइल फोनमात्र हो । म भन्सारका कर्मचारी चिन्दिनँ । एजेन्टहरूले नै सामान छुटाएर ल्याउँछन्,’ उनले भने ।

आफूले सञ्चारमाध्यमलाई पछिल्लो समय विज्ञापन दिन नसकेकाले पनि गलत समाचार लेखिएको हुन सक्ने मल्होत्राको अनुमान छ ।

dipak-malhotra-21689841982.jpg dipak-malhotra-11689842057.jpg

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update