Public Pana
सूचना महामार्ग परियोजना धेरै ढिलो, खर्च ५ वर्षमा २१ प्रतिशत

ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गतको सूचना महामार्ग परियोजना सुस्त गतिमा अघि बढेको छ । परियोजना सुरु भएको ५ वर्षमा यसको वित्तीय प्रगती जम्मा २१. १६ प्रतिशत मात्र पुरा भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्न २०७६ सालमा सूचना महामार्ग निर्माण परियोजना अघि बढाइएको थियो । यस परियोजनालाइ तीन प्याकेजमा विभाजन गरेर ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँमा सम्पन्न गर्नेगरी प्राधिकरणले ठेक्का लगाएको थियो । जेठ सम्म उक्त परियोजनामा २ अर्व ९ करोड ३८ लाख ६७ हजार ५६ रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।

net line1689840825.jpg

तीन प्याकेज मध्ये परियोजनाको प्याकेज १ अन्तर्गत, कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनु पर्नेछ । सोही प्याकेज अन्तर्गत, जेठ सम्ममा १ हजार ३८३. ८८४ किलोमिटरअप्टिकल फाइबर बिछ्याएको छ । अप्टिकल फाइबरमा प्याकेज १ को कुल प्रगति ६३. ५१ प्रतिशत  भएको देखिन्छ ।

त्यस्तै, यसै परियोजना अन्तर्गत २८ वटा डिडब्ल्युडीएम सीस्टमहरुको जडान सम्पन्न भइ नेटवर्क सञ्चालनमा रहेको जसमा ५ थान डिडब्ल्युडीएम सीस्टमहरु गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा जडान गरिएको उल्लेख छ ।
साथै ४७ वटा कोर राउटर इक्यूपमेन्ट हरुको जडान कार्य सम्पन्न भइ फाइनल एसेप्टेन्स सर्टीफीकेट ( एफएसी ) जारी भइ वारेन्टीको चरणमा रहेको जानकारीमा उल्लेख छ । स्कोप परिवर्तन भएको फिदिम – ताप्लेजुङ खण्डको लागि कन्ट्राक्ट एमेन्डमेन्टमा हस्ताक्षर भएको उल्लेख छ ।

gramin1689841009.jpg

प्राधिकरण र ठेकेदार कम्पनी बीचको विवादका कारण प्याकेज दुईमा काम सुरु हुन सकेको छैन । प्याकेज दुईको ठेक्का युनाइटेड टेलिकमले प्राप्त गरेको थियो । दुई वर्षमा सम्पन्न गर्नु पर्ने गरेकोमा कार्यको प्रगति शून्य रहेकाले आयोजना सम्पन्न हुनेमा विश्वस्त नभएसँगै सम्झौताको म्याद थप नगर्ने प्राधिकरणले निर्णय गरेको थियो ।

प्राधिकरणको उक्त निर्णय बदर गर्न युनाइटेड टेलिकमले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। सर्वोच्च अदालतबाट उक्त रिट निवेदनको टुङ्गो नलागे सम्म अवधी थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । यस सम्बन्धमा अदालबाट थप निर्णय नभएकाले प्याकेज दुईमा भौतिक तथा वित्तीय प्रगति हुन सकेको छैन ।
परियोजना अन्तर्गत  प्याकेज तीनको ठेक्का सरकारी स्वामित्वको नेपाल टेलिकमले प्राप्त गरेको हो । सोही प्याकेज अन्तर्गत, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनु पर्नेछ । यो प्याकेजमा जेठ सम्ममा ३३०. २४७ किलोमिटर एडीएसएस जडान कार्य सम्पन्न भएको उल्लेख छ । यसलाइ हेर्दा प्याकेज तीन अन्तर्गत कुल सूचना महामार्ग परियोजना सम्झौताको १६. ५७ प्रतिसत मात्रै प्रगती भएको देखिन्छ ।

त्यस्तै, प्याकेज तीन अन्तर्गत हाइ क्यापासीटी डिडब्ल्यूडीएम उपकरण अन्तर्गत २८ मध्ये २३ वटा र कोर राउटर उपकरण अन्तर्गत ४६ वटा राउटरको जडान सम्पन्न भइ स्टाविलाइजेसनको पिरीयडमा रहेको उल्लेख छ। माइक्रोवेभ ट्रान्स्मीसन नेटवर्क अन्तर्गतका उपकरणहरुको ढुवानी प्रकृयामा रहेको बताइएको छ।

netttt1689841039.jpg

त्यस्तै, अप्टीकल फाइबर नेटवर्क ( यूजी ) प्याकेज १ र २ को सम्झौता भई पर्चेज अर्डर जारी भएको उल्लेख छ। साथै, प्याकेज तीनको लागि फ्याक्ट्री इन्स्पेक्सनको प्रकृयामा  रहेको उल्लेख छ।


 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update