Public Pana
भारतीय टाटाले गर्ने भयो, बेलायतमा ईभी ब्याट्रीको प्लान्ट स्थापना 

भारतीय गाडी निर्माता टाटा समुहले विद्युतीय गाडी(ईभी) का लागि बेलायतमा ब्याट्री गिगा फ्याक्ट्री (प्लान्ट) स्थापना गर्ने भएको छ ।

यसका लागि उसले ५.२ अर्ब डलर लगानी गर्ने भएको छ ।

बेलायत सरकारले टाटाले ईभीका लागि आवश्यक पर्ने ब्याट्री निर्माण गर्न आफ्नो देशमा प्लान्ट स्थापनाको प्रस्ताव गरेको जनाएको छ । प्लान्टमा ४ हजार जनाले रोजगारी पाउनेछन् । हालसम्म टाटाको आफ्नै ब्याट्री प्लान्ट छैन् ।

टाटा मोटर्स र ज्यागुअर ल्यान्डरोभरको माउ कम्पनी टाटा ग्रुपले प्लान्ट स्थापना गर्न लागेका हुन। यसको सुरुवाती आउटपुट ४० गिगावाट आवरको हुने कम्पनीले जनाएको छ ।

टाटा ग्रुपले अहिले बेलायतमा ज्यागुअर र ल्यान्डरोभरका गाडी निर्माण गरिरहेको छ। प्लान्ट स्थापनापछि टाटाले ईभी गाडीको उत्पादन बढाउने विश्वास गरिएको छ ।

बेलायत सरकारले टाटालाई प्लान्ट स्थापनामा सहयोग गर्नेबारे स्पष्ट भइ नसकेपनि १० करोड डलर सहुलियत प्रदान गर्ने अनुमान गरिएको छ ।

ईभी ब्याट्री गिगा फ्याक्ट्री निर्माणमा बेलायतले युरोपेली प्रतिद्वन्द्वीहरूलाई पछि पारेको छ । बेलायतमा हाल ईभी ब्याट्रीका लागि एउटा सानो निसान प्लान्ट छ । यस्तै अर्को प्लान्ट स्थापना गर्न काम भइरहेको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले टाटा समूहले ईभी ब्याट्रीको प्लान्ट स्थापना गर्न लाग्नुलाई विज्ञप्तिमार्फत बेलायतको कार निर्माण उद्योग र यसका दक्ष कामदारको क्षमताको प्रमाण भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update