Public Pana
कांग्रेस बैठकमा कोशीको विवाद आरोप प्रत्यारोप

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन् ।

बुढाथोकीले बुधबारको बैठकमा बोल्ने क्रममा कोशीमा कांग्रेस नेतृत्वको सरकारको हैसियतमाथि कानुनी प्रश्नसमेत उठाएपछि बिहीबार बोल्ने क्रममा मुख्यमन्त्री थापाले आक्रोश पोखेका हुन् । 

बुढाथोकीलाई जवाफ दिने क्रममा सर्वोच्च अदालतको आदेशबाट कामचलाउमा परिणत भइसकेको कोशी सरकारका मुख्यमन्त्री थापाले कार्यकर्तामा उत्सा जगाएको अवस्थामा नेताहरुले निराशा पैदा गर्न नहुने बताए । 

‘कोशीमा कांग्रेसको सरकार बन्दा उत्साह आएको छ । गाउँ गाउँका कार्यकर्तामा उत्साहको लहर देखिएको छ’, उनले भने, ‘तर हाम्रै नेता केशव बुढाथोकीले हिजो कोशीको सरकारविरुद्ध बोलेको सुनेँ । म अदालतमा जवाफ दिन गएको थिएँ तर यता हाम्रै नेताबाट आलोचना गर्ने काम भएछ ।’
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update