Public Pana
तीन हप्ता भित्र कक्षा १२ को परीक्षाको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा साउन भित्रैमा सार्वजनिक गर्ने भएको छ ।

बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गते भएको कक्षा १२ को परीक्षाको नतिजा उक्त परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् । बोर्डका अनुसार यसवर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update