Public Pana
छोरी जन्मना साथ रोल्पाको त्रिवेणी पालिकाले ५ हजार रुपैयाँ दिने 

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ ।
आर्थिक वर्ष २०८०-८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

यही साउन १ गतेदेखि लागू  भएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए ।
यही साउन १ गतेदेखि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएका हो । बैंकमा खाता

खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन ।
‘छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने ।

छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ मा १० लाख विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update