Public Pana
झण्डै एक क्वीन्टल सुन बाहिरिदा पनि एयरपोर्ट सुरक्षाकर्मीलाई किन थाह भएन ? कसरी भन्सार पास गरियो ?

त्रिभुवन विमानस्थलमा रहेका सुरक्षाकर्मीलाई समेत चकमा दिदै  झण्डै एक क्वीन्टल परिमाणको सुन भन्सार पास गरेर बाहिएपछि सुरक्षाकर्मीभित्र ठुलो खैलबैला मच्चिएको छ ।

सुरक्षाको दृष्टीले निकै संवेदनशील मानिने एयरपोर्ट जस्तो ठाँउमा ठुलो परिमाणको सुन भन्सार पास गरेर सिनामंगलसम्म पुग्दापनि  एयरपोर्ट सुरक्षाकर्मीले थाह नपाउनुले नेपालको सुरक्षा संवेलशीलता कस्तो रैछ भन्ने प्रश्न उब्जिएको छ ।  

हङकङबाट  मोटपार्टसको सामानमा लुकाएर ल्याएको त्यति ठुलो परिमाणको सुन बिमानस्थल कार्गो मार्फत भन्सार पास गरेर बाहिरिएको थियो । उक्त गोप्य सुचनालाई निकै सावधानीपुर्वक पछ्याएको पुल्चोकस्थित राजस्व अनुसन्धान विभागको टोलीले मध्यान्हको समयमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।

टोलीले भन्सार पास गराउन भूमिका खेलेका २ जनालाई पनि पक्राउ गरेको छ । सुन बरामद र व्यक्ति पक्राउ परेको खवर सार्वजनिक भएपछि प्रहरीभित्र कुन कार्यालय मातहतको प्रहरीले सुन बरामद गरेको भन्दै खैलाबैला मच्चिएको थियो । सवैको आखा छलेर यती ठुलो परिमाणको सुन बाहिरिनुमा विमानस्थल सुरक्षा निकाय र भन्सार कर्मचारीको समेत मिलोमतोको आंशका गरिएको छ । 

एयरपोर्ट स्रोतले भन्यो, सुन बरामद भएको खवर सार्वजनिक भए लगत्तै एयरपोर्ट प्रहरीका उच्च तहका व्यक्तिले आफ्नो मातहतका सवैलाई सोधे कसैको जानकारीमा नआएपछि गौशाला प्रहरीलाई सोधियो त्यहाँबाट पनि हैन भन्ने जानकारी आएपछि प्रहरीमा भूकम्प गयो, यति ठुलो परिमाणमा सुन बाहिरिदा एयरपोर्ट सुरक्षाकर्मीलाई थाह नभएपछि उनीहरुको भूमिकालाई लिएर उच्च तह आक्रोशित बनेको स्रोतले जानकारी दियो ।

स्रोतले भन्यो आजको घटनाले एयरपोर्ट सुरक्षा संवेदनशीलतालाई दर्शाएको छ  अव बिहिवार केही हेरफेरको निर्णय आउन सक्छ । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार मोटरपार्टसमा ठुलो परिमाणको सुन लुकाएर नेपाल भित्रिन लागेको सुचता राजस्वका कर्मचारीलाई हङकङबाट प्राप्त भएको थियो ।  ।

त्रिभुवन विभास्थलबाट आज भित्रिएको सुन अहिलेसम्मकै ठुलो परिमाणको भएको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update