Public Pana
त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद

त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ ।

आज बुधबार राति केहीबेर अघि राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको अवस्थामा सो सुन बरामद गरेको हो ।

राजस्व अनुसन्धान विभागका अनुसार हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको ८० केजीभन्दा बढी सुन बरामद भएको हो । 

विमानस्थलमा मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको हो । 

यसको लागि अरु अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update