Public Pana
विश्वभर सामसङ अग्रस्थानमा, ग्लोबल स्मार्टफोन घट्यो

विश्व बजारमा २०२३ को दोस्रो त्रैमासिकमा, सामसङले २२ प्रतिशत शेयरको साथ अग्रस्थानमा रहेको छ ।

एप्पलले १७ प्रतिशत सेयरको साथ दोस्रो स्थानमा रहेको रोयर्टसले जनाएको छ ।

काउन्टरपोइन्टलाई उद्दृत गर्दै रोयर्टसले उल्लेख गरेको छ की शाओमी १२ प्रतिशत बजार साझेदारीको साथ सूचीको तेस्रो स्थानमा रह्यो भने ओपो चौथो र भिभो पाँचौं स्थानमा रहेको छ । सामसङले विश्वव्यापी रूपमा ग्यालेक्सी ए–सिरिजको बलियो प्रदर्शनबाट उच्च स्थानमा रहदै चर्चामा आएको छ ।

शाओमीले चीन र भारतभन्दा बाहिरका अन्य बजारहरूमा वृद्धि देखेको प्रतिवेदनमा उल्लेख भएको रोयर्टसले जनाएको छ ।
चीन, भारत, मध्य पूर्व र अफ्रिका क्षेत्रको ढुवानीमा भने सानो कमीको रेकर्ड छ । साथै स्मार्टफोन ढुवानीमा संकुचनको कारणमा लामो प्रतिस्थापन चक्र, इनोभेसन कन्भर्जेन्स र रिफर्बिस्ड डिभाइस को बढ्दो मागलाई श्रेय दिइएको उल्लेख छ ।
काउन्टरपोइन्टको तथ्याङ्क अनुसार सबै ओईएमहरुले नकारात्मक वार्षिक वृद्धि रेकर्ड गरेको उल्लेख छ । भिभो १७ प्रतिशतले घटेको उल्लेख छ भने शाओमी र सामसङको बजार समान १२ प्रतिशतले घट्को बताइएको छ। वृद्धिको हिसाबले एप्पल र ओप्पो क्रमशः २ र ३ प्रतिशतले सबैभन्दा कम छ । 

सन् २०२३ को दोस्रो त्रैमासमा अर्थात अप्रिलदेखि जुनसम्मको अवधिमा स्मार्टफोनको बजार विश्वव्यापी रूपमा घटेको उल्लेख गरेको छ ।

साथै यसले वार्षिक दरमा गिरावटलेको लगातार आठौं त्रैमासिक पनि कायम गरेको छ । दोस्रो त्रैमासिक अवधिमा शिपमेन्टहरू ८ प्रतिशत वार्षिक रुपले र ५ प्रतिशत त्रैमासिक आधारमा घटेको छ । 

काउन्टरपोइन्ट डाटाका अनुसार सम्पूर्ण बजारहरूले स्मार्टफोन बिक्रीमा गिरावटको छ । यद्यपि, सबैभन्दा महत्त्वपूर्ण गिरावट अमेरिका, पश्चिमी यूरोप र जापान जस्ता विकसित देशहरूमा दोहोरो अंकको गिरावट छ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update