Public Pana
साँगामा बस दुर्घटनाले सातजना घाइते

साँगामा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । 

काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बा.३ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको हो ।

बस पुलमुनि भिरबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update