Public Pana
संसदीय अभ्यासमा नयाँ भएकाले प्रक्रियामा कमजोरी रहेको लामिछानेको स्वीकारोक्ती

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आपत्ति जनाएका छन् ।

आज बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् लामो प्रतिक्रिया दिँदै सभापति लामिछानेले विधेयकको दफा ६४ प्रति आपत्ति जनाएका हुन् ।

प्रतिनिधि सभामा पेश गरिएको विधेयकको दफा ६४ मा हिंसात्मक राजनीति गरिरहेको कुनै दल वा समूह राजनीतिको मूलधारमा आए हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान प्रस्ताव रहेको लामिछानेले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छन् ।

उनले राजनीतिको मूलधारमा आए हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने स्पष्ट पार्नुपर्ने बताएका छन् ।

संसदीय अभ्यासमा आफ्नो दल नयाँ भएकोले प्रक्रियामा कमजोरी देखिएपनि आफ्ना एजेण्डामा खोट नभएको सभापति लामिछाने बताए ।

rabi--1689746070.jpg

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update