Public Pana
मन्त्रिपरिषद् बैठक बस्यो, प्रधानमन्त्री दाहाल इटाली जाने

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ ।
आज बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
यस्तै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटाली भ्रमण पनि स्वीकृति गरेको छ।

संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्रीलाई स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

समिट जुलाइ २४,२५ र २६ मा इटालीमा हुँदैछ । प्रधानमन्त्री प्रचण्ड साउन ६ गते साझ इटाली प्रस्थान गर्ने र ११ गते फर्किने तालिका रहेकाे छ।

बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा। रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update