Public Pana
महाकालीमा पानीको बहाव बढ्यो, जनतालाई सास्ती

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ । पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो ।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update