Public Pana
नेपाल टेलिकम अत्याधुनिक उपकरण लागु गर्दै गुणस्तरीय सेवामा अघि बढ्यो 

नेपाल टेलिकमले सेवा गुणस्तर र विस्तारका लागि आवश्यक उर्जाको व्यवस्थापन पावर प्रयोग गर्दैछ ।
टेलिकमको पावर विभागले नयाँ प्रविधिहरु प्रयोग गरेर वितरणलाई दिगो र भरपर्दो बनाउन तम्सिएको छ ।

दूरसञ्चार कार्यालय सुन्धारा, विराटनगर, छाउनी, पोखरा र केन्द्रीय कार्यालयमा समग्रमा ३ सय २८ किलोवाटको ग्रिड टाई सोलार सिस्टम  (Grid Tie Solar System) सञ्चालनमा ल्याएको जनाएको छ ।
पावर सञ्चालनमा आएपश्चात हालसम्म १ करोड २० लाख रुपैयाँभन्दा बढीको विद्युत उत्पादन भइसकेको टेलिकमको दाबी छ । 

दूरसञ्चार कार्यालय पाटनबाट पावर अप्टिमाइजेसन वर्क प्रारम्भ गरिएकोमा हाल विभिन्न साइटहरुमा अविच्छिन्न रुपमा यो कार्य भइरहेको जनाएको छ । 

भरतपुरमा सम्पन्न भइसकेको छ भने जनकपुर, राजविराज, हेटौंडा, बुटवल, सुन्धारा र नेपालगन्जमा जारी रहेको छ । यसवाट विद्युत तथा इन्धन खपतमा कमी आई टेलिकम कम्पनीको विद्युतको बिल घटाउन मद्दत पुगेको टेलिकमले उल्लेख गरेको छ ।

देशका विभिन्न स्थानमा लोड घटिरहेको अवस्थामा ट्रान्सफर्मरको डाउनसाइजिङ्ग गरी अधिकतम डिमान्ड शुल्कमा कमी ल्याउने कार्य भइरहेको छ । यस अनुसार अत्तरियामा ५०० केभीएबाट २०० केभीए, पाटनमा १५०० केभीएबाट ७५० केभीए तथा धरानमा २०० केभीएबाट ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान कार्य भइरहेको छ। यसका साथै जेनेरेटरहरुको इन्धन खपत दर पनि पहिले भन्दा कम हुँदै गइरहेको दाबी टेलिकमको छ ।

देशका विभिन्न स्थानमा जडान भएका जेनेरेटरहरुमा रिमोट मोनिटरिङ एन्ड कन्ट्रोल  प्रणाली कार्यान्वयनमा लगिएको छ । यसका लागि हालसम्म ३० स्थानमा सो कार्य भइसकेको छ भने बाँकी १५० भन्दा बढी स्थानमा यो प्रणाली जोड्ने योजना रहेको छ । 

यो प्रणाली विभिन्न ८० स्थानमा जडान भइसकेको छ भने बाँकी १०० भन्दा बढी स्थानमा पनि सन्चालन गरिने योजना टेलिकमको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update