Public Pana
भारतमा १६ वर्षीया नेपाली किशोरी बेपत्ता

कैलालीकी एक किशोरी भारतमा बेपत्ता भएकी छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी १६ वर्षीया मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन् । उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर +९१९९३०३६०८७६ र +९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update