Public Pana
कुवेतमा एक नेपाली कारदारको मृत्यु

कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो ।

कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।

विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ ।

पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई उनले अनुरोध गरेकी छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update