Public Pana
कांग्रेसमा २२ विभाग थप्नुका साथै किसानसँग काम गर्नुपर्ने

नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक आज मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले २२ नयाँ विभाग थप गर्ने प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित भएमा कांग्रेसमा ७० वटा विभाग हुनेछ । 

बैठकमा महामन्त्री थापाले गरेको नयाँ प्रस्तावित विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग रहेका छन् । 

योसँगै महामन्त्री थापाले किसानको महिनाका रुपमा रहेको असार खेतीको समय भएको भन्दै पार्टी नेता, कार्यकर्ताहरुले त्यसबेला किसानलाई सहयोग गर्नुपर्ने बताएका छन् । 

त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्न पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनले बताएका छन् ।

महामन्त्री थापाले असार महिनामा किसानको समय हो। यसबेला किसानको समस्यामा सहजीकरण गर्ने भन्दै केन्द्रीय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् । 

उनले अरु ११ महिना सबै नेता तथा कार्यकर्ताहरुले पार्टी काममा लाग्नुपर्ने तालिका राखेका हुन् । आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउनेगरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरिने थापाले जोड दिएका हुन् । 
cccc1689686134.jpg

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update