Public Pana
कांग्रेसको भ्रातृ संस्थाको ६ महिनाभित्र अधिवेशन गर्ने प्रस्ताव

नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक आज मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगनकुमार थापाले आउँदो १५ भदौभित्र कार्यकाल सकिएका भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । 

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको कार्यकाल सकिएको छ । उक्त संस्थाको १५ भदौभित्र समिति भदौ १५ भित्र बनाउने महामन्त्री थापाले प्रस्ताव गरेकाक हुन् । 

यसैगरी उननले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी १५ भदौभित्र पूर्णता दिने पनि प्रस्ताव गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update