Public Pana
कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ । बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए । 

यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए । 
कांग्रेस केन्द्रीय समिति एक वर्षपछि बसेको हो। बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update