Public Pana
मलेसियाबाट समयमै RA को बिमान उड्न नसकेपछि छानविन समिति गठन

नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ । 

क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो । 

निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको  भन्दै उडान डिले गरिएको थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ । तर, निगमले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । 

नेपाल एयरलायन्सले जारी गरेका सूचना यसप्रकार छ । 

NAC1689664483.jpg

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update