Public Pana
सताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दुखः व्यक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले आज एक ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

समाजिक सञ्चाल ट्ववीटर मार्फत समबेदना दिदै राष्ट्रपति भण्डारीले सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभएको छ ।

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ निधन भएको हो ।-

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update