Public Pana
बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ल्यान्डफिलसाइट बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरलाई रोक्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सोमबार आदेश दिएको छ ।

फोहोरमैला व्यवस्थापन संघले दिएको रिटमाथि भएको बहसमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।

यसअघि आजै फोहोरका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै समाधानका उपाय अवलम्बन गर्न भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अवरोध गरेका थिए ।

यसअघि कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने मात्रै ल्यान्डफिल साइटमा विर्सजन गर्नेलगायका सहमति भएको तर उक्त सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलित हुनु परेको स्थानीयले जनाएका छन् ।banchare dada1689576833.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update