Public Pana
नेपाली टिम डीआरएसको उत्कृष्ठ नभएनी जित्यो २ करोड २० लाख

पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) २०२३मा मुख्य इभेन्ट नेपाली टिम डीआरएस गेमिङको प्रदर्शन उल्लेखनिय रहन सकेन । ९३ प्वाइन्ट जोडेको नेपाली टिम ११ औं स्थानमा रहन पुग्यो ।

मुख्य इभेन्टबाट डीआरएसले ७७ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ । अल स्टार्स इभेन्टमा तेस्रो भएको डीआरएसले ९० हजार अमेरिकी डलर प्राप्त गरेको छ । यस प्रतियोगिताबाट डीआरएस गेमिङले १ लाख ६७ हजार ५०० अमेरिकी डलर अर्थात करिब २ करोड २० लाख रुपैयाँ हात पारेको छ ।

पीएमडब्ल्यूआइ को उपाधी भ्याम्पायर ईस्पोर्ट्सले जितेको छ । भ्याम्पायरले प्रभावशाली प्रदर्शन गर्दै  उपाधी चुमेको हो ।
भ्याम्पायरले कुल १८ खेलमा २२७ प्वाइन्ट जोडेको थियो । यसमा ४ चिकेन डिनरसहित १४२ इलिमिनेसन प्वाइन्ट र ८५ प्लेसमेन्ट प्वाइन्ट रहेको थियो ।

उपधीसँगै थाइल्यान्डको भ्याम्पायर ईस्पोर्ट्सले यस प्रतियोगिताबाट ५ लाख ७२ हजार ५०० अमेरिकी डलर अर्थात करिब ७ करोड ५१ लाख रुपैयाँ जितेको छ ।

भ्याम्पायरले पीएमडब्ल्यूआईको अल स्टार्स र मुख्य इभेन्ट दुवै जित्दै उक्त रकम हात पारेको हो । अल स्टार्सबाट १ लाख ४० हजार अमेरिकी डलर र मेन इभेन्टबाट ४ लाख ३२ हजार ५०० अमेरिकी डलर जितेको हो ।

चीनको सिक्ट टु एड १३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । सिक्ट टु एडले २ लाख ३२ हजार ५०० अमेरिकी डलर जितेको छ ।

१२१ प्वाइन्ट जोडेको गैमिन ग्लेडिएटर्स तेस्रो स्थानमा रहँदै १ लाख ५७ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update