Public Pana
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क 

काठमाडौं महानगरपालिकाले महानगरभित्र सवारी साधन पार्किङ शुल्क तोकेको छ ।

यसअघि पार्किङ निशुल्क गर्नुपर्ने बताएको महानगरपालिकाले आज सोमबार महानगरभित्र दुई पाङग्रे र चार पाङग्रे सावरी साधनको शुल्क निर्धारण गरेको हो ।

पार्किङ शुल्क ठाउँ अनुसार फरक भएको भन्ने धेरै आम नागरिकको गुनासो आएपछि पार्किङ शुल्क निर्धारण गरिएको हो ।
महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ । 

यस्तै दुई पाङग्रे सवारी साधनले आधा घण्टा पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । 
एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५-५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ ।

४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । त्यसरी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जान्छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update