Public Pana
सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिने

आज निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको हो । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो । 

 

अस्पतालले आफ्ना कार्य सकेपछि जोशीको शव परिवारलाई हस्तान्तरण गरिने र परिवारले आफ्नो संस्कृति अनुसारको कार्यक्रम सकेपछि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजे देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि लगिने सो बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । 

जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । १०३ वर्षको उमेरमा निधन भएका उनी मुटु र प्रोस्टेटको समस्याबाट पीडित थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य सरकारी उच्च पदस्थ व्यक्तिहरू पनि श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसर पुग्ने बताइएको छ।

सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरिसकेपछि जोशीको पार्थिव शरीरलाई फेरि किस्ट अस्पतालमै ल्याइनेछ।

 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update