Public Pana
राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा (फोटोफिचर)

राष्ट्यि प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)निकट नेपाल सनातन धर्म संस्कृति संगठनले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा गरेको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरु समेतको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुशरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरेको उनले जानकारी दिए । 

आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिए । 

Rpp-41689594440.jpg

RPP-21689594400.jpg

Rpp31689594369.jpg

RPP11689594340.jpg

RPP_1689594317.jpg

oo1689594290.jpg

fi1689594266.jpg

ffff1689594235.jpg

1111689594203.jpg

151689594182.jpg

अघिल्लो वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।

141689594160.jpg

131689594135.jpg

121689594110.jpg

111689594087.jpg

101689594066.jpg

91689594043.jpg

81689594019.jpg

71689593982.jpg

61689593957.jpg

51689593936.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update