Public Pana
दोस्रो बलमै नेपालले विकेट गुमायो

नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध दोस्रो बलमै विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट भएका छन् ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्दा पहिलो ओभरमा १ विकेट गुमाउँदा कुनैपनि रन जोडेको छैन । नेपालका आसिफ शेख र देव खनाल क्रिजमा छन् ।

नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ । नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update