Public Pana
शताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको हो।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनले आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

२४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। 

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update