Public Pana
कानून नबन्दा सबै मोबाइल खुला 

मोबाइल डिभाइस म्यानेटमेन्ट (एमडीएमएस) मा दर्ता नभएका मोबाइल फोनहरु चालु आर्थिक वर्ष २०८०-८१ साउन १ गते सोमबाार आजदेखि बन्द हुने भनिएपनि तत्कालका लागि बन्द नहुने भएको छ ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै असार मसान्तसम्म एमडीएमएसमा दर्ता नभए (ग्रे लिस्ट)का मोबाइल फोन बन्द हुने चर्चा चलेको थियो ।

तर कानूनको अभावमा एमडीएमएसमा दर्ता नभए पनि मोबाइल फोन सञ्चालनमा कुनै बाधा उत्पन्न नहुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार आर्थिक विद्येयक २०८० ले मोबाइल फोन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ । तर ग्रे लिस्टमा रहेको मोबाइल फोनको विषयमा केही बोलिएको छैन, त्यसैले ग्रे लिस्टमा रहेका मोबाइल फोनहरु सञ्चालनमै रहन्छ, यसबारे सरकारले गर्ने निर्णयका आधारमा प्रक्रिया अघि बढाइने छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ के लागि वार्षिक बजेट पेश गर्दै आर्थिक विद्येयक २०८० मार्फत सरकारले मोबाइल फोनको दर्ता सम्बन्धी विशेष व्यवस्था गरेका थिए ।

कानून नबन्दा सबैलाई खुला भएको प्रष्ट देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update