Public Pana
अध्ययन शुरु भयो, सूचना प्रविधि विभागमा राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई गाभ्न 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि विभाग (डीओआईटी) र राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को पुर्नसंरचना गर्ने कार्यका लागि बल्ल अध्ययन शुरु भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट भाषण गर्दै राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरी सूचना प्रविधि विभागमा गाभ्ने चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा घोषणा गरेका थिए । 

तर गाभ्ने कार्य अझै केहि समय कार्यान्वयनमा आउन समय लाग्ने  देखिएको छ । सरोकारबाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बल्ल यसको बारेमा अध्ययन गर्ने कार्य गरिरहेको छ ।

बजेटको व्यवस्थाअनुसार डीओआईट र एनआईटीसीको पुर्नसंरचना गर्न अध्ययन समिति गठन गरेर प्रक्रिया अघि बढाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बावुराम भण्डारीको संयोजकत्वमा सात सदस्यिय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन भएको छ ।

समितिमा सञ्चार मन्त्रालयका दुई, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र र सूचना प्रविधि विभागका एक-एक जना प्रतिनिधि छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update