Public Pana
सरकारले घटायो आज सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । 

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । 

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 

घटाएको भाडा दर आज सोमबारबाटै लागु हुने विभागले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update