Public Pana
मुगुमा एक घर , एक स्टिकर

कर्णालीसहित मुगुमा आइतबार बाट सबै घरघरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस अभियान शुभारम्भ भएको छ । सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यलृ यो अभियान सुरू गरिएको हो ।  

स्वयं आफैँ नागरिक असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला पारेमा वा अन्य केही समस्या  परेमा स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरहरुमा  फाेन  गर्ने सकिने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।  स्टिकर अभियानमा छायाँनाथ रारा नगरपालिकाका करिब ५ हजार भन्दा बढि घरधुरीको ढोकामा स्टिकर टाँस गरिने योजना रहेको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताए । उनका अनुसार छाँयानाथ रारा नगरपालिकाको सहयोग र यस जिप्रकाको सहकार्यमा यो कार्यक्रमको थालनी गरिएको बताए । mugu gaun1689577728.jpg 

स्टिकर टाँस अभियानको शुभारभ जिल्ला समन्य समितिका प्रमुख मञ्जन बहादुर कार्की , छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा र डिएसपि महेश बस्नेतले सयुक्त रुपमा गरेका हुन् । उनीहरु सगैँ जिल्लाका सराकारवाला निकायले पनि  शुभारम्भ गरेका थिए । mugu-3 fight-ok1688977608.jpg

स्टिकर टाँस अभियान सदरमुकाम गमगढी बजारका घरहरूबाट सुरु गरिएको हो । मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहरुका घरघरमा स्टिकर टाँस गरिने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update