Public Pana
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । 

काठमाडौंको चम्पादेवीमा जारी बैठकका लागि सातवटा एजेन्डा रहेको सचिवालयले जनाएको छ । 

जस अन्तर्गत संगठन सुदृढीकरण विशेष अभियानको सामान्य जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभारबारे विचार प्रस्तुति,आगामी कामको विस्तृत योजना,कामको उद्देश्य प्राथमिकता,कार्ययोजना, कार्यविभाजन,कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी तथा विभागहरूको कामको व्यवस्थापन लगायतका मुद्धा रहेको सचिवालयले उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update