Public Pana
कांग्रेस पदाधिकारी बैठक बस्दै 

नेपाली कांग्रेस पदाधिकारी बैठक आज साउन १ गते सोमबार बस्ने भएको छ । 
केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ बजे बस्नेछ । 
देउवाले पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते भोली बस्ने भएकाले त्यसको तयारी स्वरुप अहिले कार्य गर्न थालिएको हो । 

आज सोमबारको बैठकले भोली मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने बुझिएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update