Public Pana
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ । 

मिटरब्याज समस्यालाई सम्बोधन गर्नेगरी सरकारले ल्याएको मुमुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । 

प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update